Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


चीनकाे एक किन्डरगार्टेनमा चक्कु प्रहारबाट ३ जनाको मृत्यु

एजेन्सी
साउन, १८, २०७९


चीनकाे एक किन्डरगार्टेनमा चक्कु प्रहारबाट ३ जनाको मृत्यु

बेइजिङ, १८ जेठ । दक्षिणपूर्वी चीनको जियान्सी प्रान्तको एक किन्डरगार्टेनमा बुधबार चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बुधबार बिहान १० बजे एन्फु काउन्टीको निजी किन्डरगार्टेनमा उक्त हमला भएको थियो । एन्फु काउन्टीको विशेष किन्डरगार्टेनमा "टोपी र मास्क लगाएको गुण्डा" प्रवेश गरेकाे चाइनिज सञ्चारमाध्यमहरूले जनाएका छन् ।

४८ वर्षीय संदिग्ध फरार छन् । संदिग्धको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘सार्वजनिक सुरक्षा निकायहरूले संदिग्धलाई खोज्न हरसम्भव प्रयास गरिरहेका छन्’, प्रहरी विज्ञप्तिमा भनिएको छ ।

चीनले आफ्ना नागरिकहरूलाई बन्दुक राख्नबाट कडाइका साथ निषेध गरेको छ । त्यहाँ सामूहिक हिंसात्मक अपराध असामान्य छ, तर हालका वर्षहरूमा त्यहाँ धेरै सामूहिक छुरा प्रहारका घटनाहरू भएका छन् ।

यस्तै, देशभरि, विशेष गरी किन्डरगार्टेन र स्कूलका विद्यार्थीहरूलाई लक्षित गरी घातक चक्कु आक्रमणहरूका घटना भइरहेका छन् । समाजमा बदला लिन खोज्ने व्यक्तिहरूले यस्ता घटनाहरू गराइरहेका छन् ।

गत अप्रिलमा दक्षिणी चीनको एउटा किन्डरगार्टनमा चक्कु बोकेका एक व्यक्तिले दुई बालबालिकाको हत्या गर्नुका साथै अन्य १६ जनालाई घाइते बनाएका थिए । यस्तै, हालसालै, गत महिना सांघाईको एक प्रमुख अस्पतालमा चक्कु प्रहारमा चार जना घाइते भएका थिए भने आक्रमणकारीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको थियो ।

गत वर्षको जुनमा पूर्वी चिनियाँ सहर आङ्किङमा पनि एक व्यक्तिले छेउछाउमा रहेका मानिसहरूलाई छुरा प्रहार गर्दा छ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।













0 प्रतिकृया