Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै आयल निगम घेराउ

एक्सन खबर
साउन, १८, २०७९


पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै आयल निगम घेराउ

काठमाडौं, १८ साउन । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ ।

अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले टेकुस्थित आयल निगमको कार्यालयअघि विरोध प्रदर्शन गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा ३० डलर मूल्य घट्दा पनि आयल निगमले अहिलेसम्म मूल्य समायोजन गरेको छैन । इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा एक महिनाभित्र प्रतिलिटर २८ रुपैयाँ घटेको सूची पठाइसकेको छ ।

तर, भारतमा मूल्य बढ्दा नेपालमा बढाउने आयल निगमले अहिलेसम्म मूल्य समायोजन नगरेपछि आमउपभोक्ता आन्दोलित भएका छन् ।














0 प्रतिकृया