भ्रष्टाचारविरुद्ध राप्रपाको कालोपट्टी (फोटोफिचर)
एक्सन खबर
काठमाडौं, १८ साउन । राप्रपाले काठमाडौंसहित देशभरका
सबै जिल्लामा भ्रष्टाचारविरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको छ ।
बुधबार पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी
बाँधेर प्रदर्शन भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन
श्रेष्ठले जानकारी दिए ।
२०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको
माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा कठोर बन्दै आएको छ । राप्रपाले
गत १ असारमा विभिन्न २२ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुझाएको थियो । आफ्ना माग पूरा गराउन राप्रपा दोस्रो चरणको संघर्षमा
होमिएको छ । यसअघि राप्रपाले १३–३१ असारसम्म पहिलो चरणको संघर्ष गरेको थियो
।
0 प्रतिकृया