जसपाका दुई केन्द्रीय सदस्य र एक प्रदेश सदस्य नेकपा एमालेमा
एक्सन खबर
काठमाडाैं, २० साउन । जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंसिर ४ मा निर्वाचनकाे घोषणा भए लगत्तै संविधानसभा सदस्य समेत रहिसकेका बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी एमालेमा प्रवेश गरेका छन् ।
यस्तै जसपा प्रदेश कमिटी सदस्य स्वेता श्रीवास्तव पनि पार्टी एमालेमा प्रवेश गरेकी छन् । शुक्रवार साँझ अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर जसपाका तीन नेताले एमालेको सदस्यता लिएका हुन् ।
तीनै जनालाई अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पाैडेल, केन्द्रीय सदस्य लालबाबु पण्डितले स्वागत गरेका थिए ।
0 प्रतिकृया