केएमसीको इमाडोलमा निःशुल्क स्वास्थ्य शिविर, ८३२ जनाको स्वास्थ्य परीक्षण
एक्सन खबर
काठमाडौं, २० साउन । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को निःशुल्क स्वास्थ्य शिविरबाट ८६२ जना सर्वसाधारण लाभान्वित भएका छन् । केएमसीले ललितपुरको इमाडोलमा आज गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७६२ जना सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गरिएको हो ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त शिविरमा १२७ जनाको इसिजी, १९४ जनाको ल्याव परीक्षण तथा १८७ जनाको युएसजी गरिएको थियो । त्यस्तै २७ जनाको दाँत खोलिएको तथा ३४ जनालाई उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
उक्त निःशुल्क स्वास्थ्य शिविर महालक्ष्मी नगरपालिका वडा नं. ४ को मेडलाइफ पोलिक्निकसँगको सहकार्यमा भएको थियो । स्वास्थ्य शिविरमा केएमसीका विशेषज्ञ डाक्टर, नर्स तथा सहयोगीहरु स्वास्थ्य उपकरण सहित गएका थिए ।
समाजसेवी डा. सुनिल शर्माले केएमसीको नेतृत्व लिएसँगै निःशुल्क स्वास्थ्य शिविर मार्फत नै हज्जारौं सर्वसाधारणले स्वास्थ्य सेवा पाइसकेका छन् । स्वस्थ नेपाल निर्माणको अभियानमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरले समेत टेवा दिइरहेको छ ।
0 प्रतिकृया