Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

एजेन्सी
साउन, २८, २०७९


पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

मोन्टेनेग्रो, २८ साउन । मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । ३४ वर्षीय आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् ।

घटनामा दुई जनाको सेटिंजे अस्पतालमा उपचार भइरहेको छ । समाचार रिपोर्टहरूका अनुसार अरू धेरैलाई पोडगोरिकाको अस्पतालमा ल्याइएको थियो । राज्यका वरिष्ठ अभियोजक आपतकालीन सेवा र प्रहरीको साथ घटनास्थलमा छन् ।

एक सर्वसाधारणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । आक्रमणमा केही मानिस घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।













0 प्रतिकृया