Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


आज सुदूरपश्चिममा भारी वर्षा हुनसक्ने

एक्सन खबर


आज सुदूरपश्चिममा भारी वर्षा हुनसक्ने

काठमाडौं, २९ साउन । आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ । राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

सोमबार बाग्मती, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ । मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।













0 प्रतिकृया