Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी

एक्सन खबर
साउन, २९, २०७९


‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी

काठमाडौं, २९ साउन । थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी फाइनल भएका छन् ।

काठमाडौं, बुटवल र दाङमा शनिबार गरिएको अडिसनसँगै अन्तिम प्रतिस्पर्धीहरूको टुंगो लागेको हो । अन्तिम अडिसनमा काठमाडौंबाट १९, बुटवलबाट पाँच र दाङबाट दुई अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । अडिसन पूर्वदेखि पश्चिम नेपालसम्मका प्रमुख १० जिल्लाका सहरहरूमा गरिएको थियो ।

यसअघि भएको अडिसनमा विराटनगरबाट तीन, लहानबाट तीन, टीकापुरबाट तीन, झुम्काबाट तीन, वीरगञ्जबाट तीन, भरतपुरबाट चार, नेपालगञ्जबाट ६ जना छनोट भएका थिए ।

अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरूको विशेष प्रशिक्षण कार्यक्रम भदौ पहिलो साताबाटै काठमाडौँमा सुरु गरिने आयोजक जह इन्टरटेनेमन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले जानकारी दिए । उनीहरूलाई ग्रान्ड फिनालेको केही दिन अगाडिसम्म विभिन्न विषयमा महत्वपूर्ण प्रशिक्षण दिइने छ ।

प्रतियोगिताका विजेताहरूले नगद, क्राउनलगायतका अन्य उपहारहरू पाउने छन् । यसपटकको ग्राण्ड फिनाले काठमाडौंमा गर्ने आयोजकको तयारी छ । गत सम्पन्न तेस्रो संस्करणको ग्रान्ड फिनाले चितवनमा गरिएको थियो ।

यो प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै, २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।













0 प्रतिकृया