Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


पश्चिम नेपालमा कुनैपनि बेला ठूलाे भूकम्प जान सक्छ: भूगर्भविद् मुल

एक्सन खबर
भदौ, १, २०७९


पश्चिम नेपालमा कुनैपनि बेला ठूलाे भूकम्प जान सक्छ: भूगर्भविद् मुल

भक्तपुर, १ भदौ । पश्चिम नेपाल भूकम्पीय हिसावमा रेड जोन (जोखिम क्षेत्र) रहेको भूगर्भविद् प्रदीपकुमार मुलले बताएका छन् । भक्तपुर दुवाकाेट स्थित नेपाल इन्जिनियरिङ कलेजमा आयाेजित कार्यक्रममा भौर्गर्भिक सूचना प्रणाली विषयमा प्रस्तुति दिँदै मुलले धेरै समयदेखि पश्चिम नेपालमा भूकम्प नगएको जनाउँदै जुनसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने सम्भावना रहेको जिकीर गरे ।

भूकम्पीय दृष्टिकाेणले नेपाल जाेखिमयुक्त मुलुक रहेकाे जनाउँदै मूलले पश्चिम नेपाल रेड जाेनमा रहेकाे बताए । 'पश्चिम नेपालमा भूकम्प नभएकाे धेरै समय भयाे । यसरी लामाे समयसम्म भूकम्प नजाँदा एकै पटक ठूला भूकम्प जाने जाेखिम बढी हुन्छ ।’ उनले अगाडी भने–‘तर कहिले जान्छ, त्यो यसै भन्न सकिन्न ।'



अहिलेसम्म संसारमा कसैले पनि भूकम्प कहिले आउँंछ भन्ने पत्ता लगाउन नसकेको जनाउँदै मुलले कुनै भूगर्वविद्ले यो बेला भूकम्प आउँंछ भनेर ठाेकूवा गरे त्यो धोंगी ज्योतिष जस्तै धोंगी भूवर्भविद् हाे भनेर बुझन आग्रह समेत गरे । ‘भूकम्प याे बेला जान्छ भनेर जस्तोसुकै धुरन्धन भौगर्भविद्ले भनेपनि त्याे त्यो धोंगी नै हुन्छ, भूकम्प कुनै निश्चित दिन बार र समयमा जान्छ भन्ने आधार पत्ता लागेकाे छैन ।

कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराई, कलेजको भूगर्भ विभागकी रोजीना माली, एसोसिएट प्रोफेसर कृष्ण शाह लगायतले भूकम्पीय जाेखिमका बारेमा बाेल्दै भूकम्प प्रतिराेधी भाैतिक संरचना निर्माण गर्नुपर्ने तथा पूर्व सचेतना अपनाउँदा जाेखिम न्यूनीकरण गर्न सकिने बताए ।

कार्यक्रममा कलेजका भूगर्भ विभागका प्रोफेसर तथा एसोसिएट प्रोफेसरहरु सहभागी थिए ।

कलेजलाई तीन हजार बढी पुस्तक तथा रिसर्चहरू प्रदान

भूगर्भविद् प्रदीप कुमार मुलले नेपाल इन्जिनियरिङ कलेजलाई भूगर्भ सम्बन्धी विभिन्न पुस्तक तथा अनुसन्धानका रिपाेर्टहरू प्रदान गरेका छन् । मुलले अध्ययन अनुसन्धानकाे क्रममा संकलन गरेका, विभिन्न अनुसन्धानकर्ता विज्ञहरूले तयार पारेकाे रिसर्चहरू कलेजमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूका लागि समेत उपयाेगी हुने भएकाले हस्तान्तरण गरेका हुन् ।



‘मसँग रहेका जतिपनि विषयगत पुस्तक र रिसर्चका रिपाेर्टहरू छन् ती इन्जिनियरिङ विधाका विद्यार्थी तथा शिक्षकहरूलाई समेत महत्वपूर्ण हुनेछ । कतिपय ठूल्ठूला अनुसन्धानकर्ताहरूले संकलन गरेका यस्ता पुस्तक तथा रिसर्चका पेपरहरू कवाडीमा दिएकाे देखे, मैले चाहिँ दिन सकिन ।’ विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा अध्ययन अनुसन्धान गर्दाताका संकलन भएका कतिपय बजारमा समेत नपाइने पुस्तकहरू मुलले कलेजलाई प्रदान गरेका छन् ।

मुलले चीन, भारत, भुटान लगायत युनेस्काे, युएसआइडी जस्ता अर्गनाइजेसनमा रहेर काम गर्दा संकलित पुस्तक, रिसर्च पेपर तथा डिजिटल तथ्यांकहरू कलेजलाई प्रदान गरेका हुन् ।

साे अवसरमा कलेजका एकेडेमिक काेअर्डिनेटर बाबुराम भट्टराईले मुलले प्रदान गरेकाे पुस्तक कलेजमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकहरूका लागि ठूलाे ज्ञानकाे भण्डार रहेकाे बताउँदै धन्यवाद दिए ।













0 प्रतिकृया