Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


लमजुङमा जिप दुर्घटना १५ घाइते, एकको अवस्था गम्भीर

एक्सन खबर
भदौ, १, २०७९


लमजुङमा जिप दुर्घटना १५ घाइते, एकको अवस्था गम्भीर

लमजुङ, १ भदौ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेसीशहरबाट घनपोखरा भाचेतर्फ जादै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मस्र्याङ्दी गाउँपालिका २ का बर्ष ५३ की ईन्द्र देवी घलेलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।



घाइते हुनेहरुमा मस्र्याङ्दी २ का बर्ष ५२ का चित्र बहादुर गुरुङ, वडा नम्बर ६ का बर्ष  २३ का मिलन विक, वर्ष २५ का करिना सुनार, बर्ष २ का रिजन विक, बर्ष २५ का सोमनाथ विक यस्तै मस्र्याङ्दी २ का  बर्ष  ५६ का सुन माया गुरुङ, बर्ष १९ का रेखा  विक रहेका छन् । यसैगरी, बर्ष ३१ का बुद्धी बहादुर गुरुङ, बर्ष ७ का राजिप गुरुङ, बर्ष ३४ का शिव कुमारी गुरुङ, बर्ष २ का रियन्स गुरुङ, बर्ष ३० की मनु विक, वर्ष  ४ की कृतीका विक र बर्ष ३१ का शेष बहादुर गुरुङ रहेका छन् ।

घाइतेको अबस्था सामन्य भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घटनास्थलमा स्थानीय, स्थानीय प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले घाईते भएका १५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याएको रेग्मीले बताए ।

जिप चालक मस्र्याङ्दी गाउँपालिका २ बस्ने बर्ष ३६ का अजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















0 प्रतिकृया