Follow us:


Follow us

८ कार्तिक २०८३, शनिवार
८ कार्तिक २०८३, शनिवार


लमजुङमा जिप दुर्घटना १५ घाइते, एकको अवस्था गम्भीर

एक्सन खबर
भदौ, १, २०७९


लमजुङमा जिप दुर्घटना १५ घाइते, एकको अवस्था गम्भीर

लमजुङ, १ भदौ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काँफलडाडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार पौने ५ बजेको समयमा बेसीशहरबाट घनपोखरा भाचेतर्फ जादै गरेको ग १ ज ७४१७ नम्वरको जिप घनपोखराको काफलडाडास्थित सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी १५ जना घाइते भएकोमा १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरिक्षक एवम् सुचना अधिकारी जगदीश रेग्मीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी मस्र्याङ्दी गाउँपालिका २ का बर्ष ५३ की ईन्द्र देवी घलेलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।



घाइते हुनेहरुमा मस्र्याङ्दी २ का बर्ष ५२ का चित्र बहादुर गुरुङ, वडा नम्बर ६ का बर्ष  २३ का मिलन विक, वर्ष २५ का करिना सुनार, बर्ष २ का रिजन विक, बर्ष २५ का सोमनाथ विक यस्तै मस्र्याङ्दी २ का  बर्ष  ५६ का सुन माया गुरुङ, बर्ष १९ का रेखा  विक रहेका छन् । यसैगरी, बर्ष ३१ का बुद्धी बहादुर गुरुङ, बर्ष ७ का राजिप गुरुङ, बर्ष ३४ का शिव कुमारी गुरुङ, बर्ष २ का रियन्स गुरुङ, बर्ष ३० की मनु विक, वर्ष  ४ की कृतीका विक र बर्ष ३१ का शेष बहादुर गुरुङ रहेका छन् ।

घाइतेको अबस्था सामन्य भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घटनास्थलमा स्थानीय, स्थानीय प्रहरी चौकी खुदी र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले घाईते भएका १५ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल लमजुङ ल्याएको रेग्मीले बताए ।

जिप चालक मस्र्याङ्दी गाउँपालिका २ बस्ने बर्ष ३६ का अजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















0 प्रतिकृया