Follow us:


Follow us

२० असार २०८३, शनिवार
२० असार २०८३, शनिवार


निर्वाचन आयोग सार्वजनिक बिदाको दिन पनि खुल्ला रहने

एक्सन खबर
भदौ, २, २०७९


निर्वाचन आयोग सार्वजनिक बिदाको दिन पनि खुल्ला रहने

काठमाडौं, २ भदौ । सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोग र आयोग मातहतका कार्यालय खुल्ला रहने भएका छन् । आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई मध्यनजर गर्दै आयोगले बिदाको दिन पनि कार्यालय खुल्ला रहने जनाएको हो ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि सार्वजनिक बिदाको दिनमासमेत आयोग खुल्ला रहने बताइएको छ । यस्तो गर्दा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सबै चरण र प्रक्रियाका कार्य नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा कार्यसम्पादन गर्न सहज हुने आयोगको विश्वास छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचन आयोगको सचिवालय, ७ वटै प्रदेश निर्वाचन कार्यालय र ७० वटै जिल्ला निर्वाचन कार्यालय प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म सार्वजनिक बिदाका दिनमासमेत खुला रहने बताए ।
 













0 प्रतिकृया