Follow us:


Follow us

२३ मंसिर २०७९, शुक्रवार
२३ मंसिर २०७९, शुक्रवार


प्रदीप गिरिको अन्तिम बिदाइमा नेताहरु (फोटो फिचर)

एक्सन खबर
भदौ, ५, २०७९




प्रदीप गिरिको अन्तिम बिदाइमा नेताहरु (फोटो फिचर)

काठमाडौं, ५ भदौ । कांग्रेसका दिवगंत नेता प्रदीप गिरिको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्न्द्रीय कार्यालय सानेपामा राखिएको छ । शनिबार राति निधन भएका गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको हो ।

आइतबार दिउँसो २ बजेसम्म पार्टी कार्यालयमा पार्थीव शरीर राखिने र त्यसपछि पशुपति आर्यघाटका लागि शवयात्रा सुरु गरिने कांग्रेसले जनाएको छ ।

सानेपामा पुगेर कांग्रेससहित सबै राजनीतिक दलका शीर्ष नेता सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरुले गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

साथै नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि अहिले गिरिको पार्थीव शरीर सानेपामै राखिएको छ र नेता तथा शुभचिन्तकहरु जाने क्रम चलिरहेको छ । सानेपा र मेडिसिटी अस्पतालमा नेता गिरिप्रति श्रद्धाञ्जली दिन पुगेका नेताहरु























0 प्रतिकृया