सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दै
एक्सन खबर
काठमाडौं, ७ भदौं ।प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिट वाँडफाटका बारेमा सहमति जुटाउनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।
सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि बैठक बस्न लागेको हो ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार सहमति जुटाउनका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाएका थिए ।
0 प्रतिकृया