प्रतिनिधिसभा बैठकमा सत्यनिरुपण बिधेयक प्रस्तुत हुने
एक्सन खबर
काठमाडौंं, ७ भदौ । प्रतिनिधिसभाको बैठक बिहान १० बजे बस्ने भएको छ। सो बैठकमा ‘‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक’ प्रस्तुत हुनेछ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिधेयक बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।
यसअघि नै सो बिद्येयक पेश गर्ने भन्दै प्रतिनिधिसभाले सम्भावित कार्यसुचीमा राखे पनि नेपाली कांग्रेसका सांसद प्रदिप गिरीको निधनका कारण स्थगित हुन पुगेको थियो ।
0 प्रतिकृया