Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

एक्सन खबर
भदौ, ८, २०७९


डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

काठमाडौं, ८ भदौ । उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार निहारिकाको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।

जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् ।

गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौंमा पटक-पटक अनशन बस्दै आएकी थिइन् ।













0 प्रतिकृया