Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


महानगरको एक्सनपछि राहदानी विभागकाे बेसमेन्ट अब सेवाग्राहीका लागि

एक्सन खबर
भदौ, १०, २०७९


महानगरको एक्सनपछि राहदानी विभागकाे बेसमेन्ट अब सेवाग्राहीका लागि

काठमाडौं, १० भदौ । राहदानी विभागले आउँदो आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङ स्थलको रुपमा प्रयोग हुने जानकारी दिएको छ । मेयर बालेन्द्र साह (बालेन) नेतृत्वको महानगरको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाएको थियो ।

अवैध रुपमा बनेका संरचना र अनुमति विपरीत उपयोग गरिएका स्थानमा निगरानी बढाएको महानगरले विभागले पार्किङका लागि अनुमति लिएको बेसमेन्टमा कुर्सी सहितका सामान राखेपछि हटाएको थियो । महानगरको सो कार्यपछि विभागले विज्ञप्ति जारी गरेर आइतबारदेखि बेसमेन्ट सेवाग्राहीका लागि पार्किङको रुपमा प्रयोग गरिने जानकारी दिएको हो ।

विभागले आइतबारदेखि नै लाइभ इनरोलमेन्ट सेन्टर राहदानी विभाग कायम भएका सेवाग्राही मात्र राहदानी आवेदनका लागि यस विभागमा आइदिन, आवेदकहरू आवेदन फारममा तोकिएको मिति र समयमा मात्र आइदिन, तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झैँ गेट नं. २ बाट प्रवेश गरिदिन भनेकाे छ ।

यस्तै, राहदानीसम्बन्धी सेवा लिनका लागि विभाग आउँदा आवश्यक अवस्थामा बाहेक सम्बन्धित आवेदक मात्र आइदिन र राहदानी विभाग बाहिरको सडकमा अनावश्यक भिडभाड नगरिदिन विभागले आग्रह गरेको छ ।


















0 प्रतिकृया