Follow us:


Follow us

९ असोज २०७९, आइतवार
९ असोज २०७९, आइतवार


प्रदीप खड्का भन्छन् ‘यो पुस्ताका आशालाग्दा नेता गगन थापा’

एक्सन खबर
भदौ, १३, २०७९




प्रदीप खड्का भन्छन् ‘यो पुस्ताका आशालाग्दा नेता गगन थापा’

काठमाडौं, १३ भदौ । अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् ।

नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’ हेरेका थिए । सिनेमा हलमा थापालाई भेट्नु आफ्ना लागि विशेष भएको उनले बताएका छन् । अभिनेता खड्काले नेता थापासँग सिनेमा हलमा खिचेको तस्बिर सामाजिक सञ्जालमा राख्दै नेपालको राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले आफू राजनीतिक मान्छे नभए पनि राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयमा धेरै चाख लाग्ने उल्लेख गर्दै प्रकाशको भूमिका गर्दैगर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई नजिकबाट महसुस गर्न पाएको पनि बताएका छन् । नेपालका राजनीतिक नेतृत्वलाई आफूले जे जति बुझेको हो, त्यस आधारमा यो पुस्ताको सबैभन्दा आशालाग्दा नेता गगन थापा हो भन्ने उत्तर दिन आफूलाई खासै सोच्नु नपर्ने पनि स्पष्ट पारेका छन् ।

‘प्रकाशलाई यहाँहरूले दिनु भएको माया र साथका लागि कृतज्ञ छु । हिजो प्रकाश हेर्न आउनु भएकामध्ये एकजना दर्शक मेरा लागि निक्कै विशेष हुनुन्थ्यो । हुन त म राजनीतिक मान्छे हुँदैहैन, तर मलाई राजनीतिक विषय, देशको नेतृत्वलगायतका विषयहरूमा धेरै चाख लाग्छ । अझै प्रकाशको भूमिका गर्दै गर्दा आमजीवनमा नेतृत्वको भूमिकालाई धेरै नजिकबाट महसुस गर्न पाएँ ।’खड्काले भने ।  

खड्काले याे पुस्ताका सबैभन्दा आशालाग्दा नेता गगन थापा रहेकाे बताए । ‘याे पुस्ताका आशालाग्दा नेता गगन थापा  भन्ने उत्तर दिन मलाई खास्सै सोच्नु पर्दैन ।’ खड्काले भने ।

फिल्म हेरिसकेपछि, गगन थापासँग समाज, राजनीति, सिनेमालगायतका विषयमा छलफल भएकाे उनकाे भनाइ छ  । ‘दाइलाई नजिकबाट नियाल्न पाउँदा, उहाँका दृष्टिकोणहरू अझै स्पष्ट बुझ्न पाएँ । देशको नयाँ व्यवस्था परिवर्तन महसुस गर्न नयाँ नेतृत्व पाउन जरूरी छ अनि मात्र प्रकाशहरूको भोगाइको परिवर्तन हाम्रै पालामा सम्भव छ । अबको नेतृत्वमा यस्तै नयॅा जोसिला व्यक्तित्वलाई देख्न पाइयोस, हामी सबैलाई शुभकामना,’ प्रदीपले लेखेका छन् ।













0 प्रतिकृया