Follow us:


Follow us

२३ मंसिर २०७९, शुक्रवार
२३ मंसिर २०७९, शुक्रवार


केन्यासँगकाे टी–२० श्रृखंला नेपाललाई

एक्सन खबर
भदौ, १४, २०७९




केन्यासँगकाे टी–२० श्रृखंला नेपाललाई

काठमाडौं, १४ भदौ । केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले टी–२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला जितेको हो ।

नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रनमात्रै बनायो । केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।  

रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बोले दुई–दुई विकेट लिए ।

यसअघि पहिलो र तेस्रो टी-२० मा नेपाल विजयी भएको थियो । केन्याले दोस्रो र चाैथाे टी-२० मा जित निकालेको थियो । श्रृंखलाकाे प्लेयर अफ दि सिरिज नेपाली कप्तान सन्दीप लामिछाने भए ।















0 प्रतिकृया