२४ घन्टामा बिपद्का ११ घटना, ४ जनाको निधन
एक्सन खबर
काठमाडौ, १५ भदौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुँदा ४ जनाको निधन भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको निधन हुनुका साथै चार जना घाइते भएका छन् ।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विष्फोटको घटना जस्ता कार्य बितेका २४ घन्टामा घटेका हुन् ।
यी सबै ११ घटनाबाट ३७ लाख एक हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
0 प्रतिकृया