Follow us:


Follow us

८ वैशाख २०८१, शनिवार
८ वैशाख २०८१, शनिवार


प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा एक युवती पक्राउ

एक्सन खबर
भदौ, १५, २०७९


प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा एक युवती पक्राउ

काठमाडौं, १४ भदौ । काठमाडौं महानगरपालिका–३ स्थित सामाखुसीबाट प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अनुमति बिना सञ्चालित फार्मेसीमा उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको हो ।

‘निरुपा फार्मेसी’मा छापा मारेर सञ्चालिका सुस्मा थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

फार्मेसी सञ्चालिका गोरखा घर भएकी २९ वर्षीया सुस्मा मेडिकल पर्सन नभए पनि चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने नियन्त्रित औषधि लागूऔषध प्रयोगकर्तालाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

फार्मेसीबाट प्रहरीले ट्रामाडोल क्याप्सुल ८१० थान, डिसाइसिओमिन ट्याब्लेट ९८० थान, डेक्स्ट्रोमेथोराफान २६५ ट्याब्लेट, स्टागन ट्याब्लेट ५३१ थान र गाबिक्स ट्याब्लेट १४२ थान सहित उल्लेख्य मात्रामा नियन्त्रीत औषधी बरामद गरेको छ ।

आरोपीलाई औषधी ऐन–२०३५  अनुसारको कसुरमा कारबाहीका लागि औषधी व्यवस्था विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।













0 प्रतिकृया