Follow us:


Follow us

९ असोज २०७९, आइतवार
९ असोज २०७९, आइतवार


सम्पत्ति विक्रि गर्न नसक्दा बराहले रकम फिर्ता गर्न सकेन, रोक्का पत्र फिर्ता लिन आग्रह

एक्सन खबर




सम्पत्ति विक्रि गर्न नसक्दा बराहले रकम फिर्ता गर्न सकेन, रोक्का पत्र फिर्ता लिन आग्रह

सुनसरी, १५ भदौ । धरानस्थित बराह ग्रुप, बराह सहकारीले भदौ १६ गतेबाट बचतकर्ता तथा शेयर सदस्यहरुको रकम भुक्तानी गर्ने भनेकोमा चल/अचल सम्पत्ति विक्रि गर्न नसक्दा तथा बैंक तथा वित्तीय संस्थाहरुबाट समेत कर्जा नपाइरहेको जनाउँदै भुक्तानी गर्न नसकिएको जनाएको छ ।

यसअघि बराह सहकारी पिडीत संघर्ष समिति र सञ्चालक विच भदौ १६ गतेदेखि रकम फिर्ता गर्न सहमति गरिएको थियो । तर, संस्थाको चल/अचल सम्पत्ति विक्रि गर्न नसक्दा भुक्तानी गर्न नसकिएको बताइएको छ ।

बराह ग्रुप अफ कम्पनी, बराह बचत तथा काठमाडौंको अभिमत बचत सहकारीले बुधबार विज्ञप्ति जारी गर्दै संघर्ष समितिको तर्फबाट बराहका सबै चल/अचल सम्पत्ति रोक्का राखिएकोले विक्रि गर्न नसकेको तथा बैंक तथा वित्तीय संस्थाहरुबाट पनि कर्जा नपाइरहेकाले भदौ १६ गतेबाट बचत कर्ताहरुको रकम फिर्ता गर्न नसकिएको जनाएका छन् ।

संघर्ष समितिसँगको सहमति अनुसार भदौ १६ गते बाट रकम फिर्ता गर्ने भनिए पनि भुक्तानी प्रक्रियालाई थालनी गर्न श्रोत साधन जुटाउन तल्लिन रहेपनि आन्तरिक तथा बाह्य प्राविधिक कारणले सफल हुन नसकेको बताइएको छ ।

साथै, बराहले बचतकर्ताहरुको रकम इमान्दारपूर्वक फिर्ता गर्न आफुहरु प्रतिबद्ध रहेको जनाउँदै केही समय अझै धैर्य गर्न आग्रह गरेको छ । ‘सञ्चालक समिति र सहकारी पिडीत संघर्ष समितिवीचको आपसी समझदारी विना कुनै हल निस्कन नसक्ने कुरालाई आत्मसात गर्दै आपसी छलफल गरी सहमतिको दस्तावेज सहित बचत एवम् लगानीकर्ताको रकम भुक्तानीको लागि थप समय सिमा निर्धारण गर्न अनुरोध गर्दछौं ।’ बराहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै बराहले सञ्चालकका व्यक्तिगत सम्पत्तिका सन्दर्भमा बजारमा आएका भ्रममा नपर्न भन्दै निजी सम्पत्ति नजिकका आफन्तको अवस्था र सम्पत्तिमाथि कुनै शंका लागे छानविनका लागि संघर्ष समिति र सञ्चालक समितिबीच एउटा उच्चस्तरीय छानविन समिति निर्माण गरेर अगाडी बढ्न पनि प्रस्ताव गरेको छ ।

बराहले संकटबाट पार पाउनका लागि भएको चल/अचल सम्पत्तिको बेचविखनका लागि तयार अवस्थामा रहेको जनाउँदै व्यवसायको निरन्तरता एवम् संस्था सञ्चालनका लागि चल/अचल सम्पत्ति विक्रि नै गर्नुपर्ने भएकाले संघर्ष समितिको तर्फबाट रोक्काका लागि गरिएको अनुरोध पत्र फिर्ता लिन पनि भनेको छ ।
 















0 प्रतिकृया