साफ महिला च्याम्पियनशिपमा नेपालकाे सुखद् सुरूवात
एक्सन खबर
काठमाडौं, २१ भदौ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गरे । सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरिन् ।
पहिलो जितसँगै समूह 'ए' मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ । भोली प्रतियोगिताको समूह बी मा दुई खेल हुनेछ । पहिलो खेलमा भारत र पाकिस्तान र दोस्रो खेल बंगलादेश र माल्दिभ्स विच हुनेछ ।
0 प्रतिकृया