Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


डा.सुनिल शर्माद्वारा सञ्चालित शिविरमा बेलवारीका १४३ जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

एक्सन खबर
भदौ, २१, २०७९


डा.सुनिल शर्माद्वारा सञ्चालित शिविरमा बेलवारीका १४३ जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार

मोरङ, २१ भदौ । विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले मोरङको बेलवारी नगरपालिकामा जेष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएकोमा बेलवारीका १४३ जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार गरिएको छ ।

 मंगलबारको निःशुल्क स्वास्थ्य शिविरमा नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेश नेपालसहितका डाक्टरहरुको टोलीले जेष्ठ नागरिकहरुको मुटु तथा फोक्सो रोगको परीक्षण गरेको हो । शिविरमा ३९ जना जेष्ठ नागरिकको इसीजी, ५३ जनाको रक्त परीक्षण, ३१ जनाको भिडियो एक्सरे र १२९ जनाको ईको गरिएको छ ।

शिविरमा स्वास्थ्य परीक्षण गर्दा ५५ जनाको मुटु तथा फोक्सोमा समस्या देखिएपछि उनीहरुलाई अस्पताल रेफर गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार रेफर गरिएका बिरामीलाई बुधवार नोबेल अस्पतालकै बसद्वारा अस्पताल पुर्याउने र उपचारपश्चात घरसम्म ल्याउने व्यवस्था मिलाइएको छ । उनीहरुलाई नोबेलमा निःशुल्क उपचार गरिनेछ ।

नोबेलले मोरङका विभिन्न पालिकाका जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको निःशुल्क उपचार गरिरहेको छ । सोही क्रममा २४ गते पथरी–४ सोमबारे, २८ गते बेलवारी–११ लक्ष्मीमार्ग, ३१ गते बेलवारी–९ डाँगीहाटमा शिविर सञ्चालन गरिने नोबेल अस्पतालले जनाएको छ ।













0 प्रतिकृया