Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


च्याम्पियन्स लिगः पिएसजीले युभेन्ट्सलाई हराउँदा चेल्सी स्तब्ध

एक्सन खबर
भदौ, २२, २०७९


च्याम्पियन्स लिगः पिएसजीले युभेन्ट्सलाई हराउँदा चेल्सी स्तब्ध

काठमाडौं, २२  भदौ । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ   ।

समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरे । खेलको पाँचौ मिनेटमो एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए ।

२२औं मिनेटमा एमबाप्पेले अर्काे गोल थप्दै टोलीको अग्रता दोब्बर पारे । यसपटक एमबाप्पेले अचरफ हाकिमीको पासमा गोल गर्न सफल भएका थिए । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काए ।

यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक जोडेको छ । समूह एचकै अर्को खेलमा बेन्फिकाले मक्काबी हाइफालाई २–० ले पराजित गर्यो ।

यता, समूह 'ई' मा इंग्लिस क्लब चेल्सी पहिलो खेलमै स्तब्ध भएको छ  । चेल्सी क्रोएसिया क्लब डिनामो जाग्रेबसँग १–० ले पराजित भयो । जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले १३औं मिनेटमा निर्णायक गोल गरेका थिए । समूह ई कै खेलमा एसि मिलान साल्जबर्गसँग १–१ गोलको बराबरीमा रोकियो ।













0 प्रतिकृया