Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


म्यानचेस्टर सिटी र रियल मड्रिडको विजयी सुरुवात

एक्सन खबर
भदौ, २२, २०७९




म्यानचेस्टर सिटी र रियल मड्रिडको विजयी सुरुवात

काठमाडौं, २२  भदौ । इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल मड्रिडले मंगलबार राति भएको च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेका छन् ।

सिटीले सेभियालाई ४-० ले हरायो । सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई गोल गरे । यस्तै, फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे । पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

जितसँगै समूह जी मा सिटीले पहिलो खेलमै ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा  बोरुसिया डर्टमण्डले कोपेनहेगनलाई ३-० ले हरायो ।

यस्तै, समूहको एफमा साविक विजेता रियल मड्रिडले सेल्टिकलाई ३-० अन्तरले पराजित गर्दै सुखद सुरुवात गर्यो । रियललाई जित दिलाउन भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हाजार्डले एक एक गोल गरे । रियलले तीनै गोल दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले ३ अंक जोडेको छ ।













0 प्रतिकृया