Follow us:


Follow us

१४ असार २०८३, आइतवार
१४ असार २०८३, आइतवार


केएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

एक्सन खबर
भदौ, २३, २०७९


केएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

काठमाडौं, २३ भदौ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले नयाँ शैक्षिक सत्र २०२२ का लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

केएमसीमा एमविविएस, विडिएस लगायतका विषयमा अध्ययनकालागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र शैक्षिक अभिमुखीकरण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

केएमसीमा आज आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. केपी शर्मा, प्रिन्सिपल प्रा.डा. रतिन्द्र श्रेष्ठ, हस्पिटल डाइरेक्टर डा. सुमन श्रेष्ठ, सहायक प्रिन्सिपल एवं क्लिनिकल साइन्सकी डा. नतालिया ओली, डा. जेनस आचार्य, डा. मेगा प्रधान तथा डा. डिल्ली श्रेष्ठले स्वागत तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै केएमसीका प्रमुख कार्यकारी अधिकृत डा. केपी शर्माले मेडिकल शिक्षा आफैंमा गहन विषय भएकोले विद्यार्थीहरुले बढी भन्दा बढी मेहनत गरेर अध्ययन गर्नुपर्ने बताए । केएमसीले विद्यार्थीको शैक्षिक ज्ञानलाई अभिबृद्धि गराउन सकारात्मक भूमिका खेल्ने जनाए । कलेजको नियम, अनुशासन, मुल्यांकन विधि, पाठ्यक्रम तथा होस्टलका नियमहरुका बारेमा जानकारी गराइएको थियो ।

अभिमुखीकरण कार्यक्रममा चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एकीकृत परीक्षा उत्तीर्ण भएर भर्ना हुन आएका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
















0 प्रतिकृया