Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


यी हुन् नेकपा एमालेका सर्वसम्मत सिफारिस भएका नामहरु

एक्सन खबर
भदौ, २३, २०७९


यी हुन् नेकपा एमालेका सर्वसम्मत सिफारिस भएका नामहरु

काठमाडौं, २३ भदौ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले चार दर्जन बढी उम्मेदवारलाई सर्वसम्मत चयन गरेको छ । एमालेमा अहिलेसम्म ५२ जना सर्वसम्मत एकल उम्मेदवार सिफारिसमा परेका हुन् ।
 
एकल सिफारिसमा पर्नेहरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, महेश बस्नेत, डा. राजन भट्टराई, भगवती चौधरी, भानुभक्त ढकाल, गाेकूल बास्काेटा सम्म परेका छन् । पछिल्लो जानकारी अनुसार सातै प्रदेशमा केही क्षेत्रहरुमा प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत सत्तारुढ गठबन्धनमा सिटसंख्या भागवण्डामै कुरा नमिलिरहेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा भने सर्वसम्मत उम्मेदवार सिफारिस भइरहेका छन् ।

एमालेले मंसिर ४ को निर्वाचनको प्रचारप्रसार थाली सकेको छ । सत्तारुढ गठबन्धन विरुद्ध जानुपर्ने भएकाले पनि एमालेले अहिलेदेखि नै तयारी तिब्र पारेको छ ।

यी हुन् सर्वसम्मत सिफारिसमा परेका उम्मेदवारहरु

प्रदेश १
१) केपी शर्मा ओली – झापा ५
२) रविन कोइराला – झापा १
३) वसन्तकुमार नेम्वाङ – पाँचथर
४) महेश बस्नेत – इलाम १
५) सुवास नेम्वाङ – इलाम २
६) ऋषिकेश पोखरेल – मोरङ २
७) भानुभक्त ढकाल – मोरङ ३
८) विनोद ढकाल – मोरङ ४
९) योगी मण्डल – मोरङ ५
१०) जयकुमार राई – सुनसरी १
११) भगवती चौधरी – सुनसरी ३
१२) एलपी साँवा लिम्बु – झापा ४
१३) मानवीर राई – सोलुखुम्बु

मधेस प्रदेश

१) जुलीकुमारी महतो – धनुषा ३
२) रघुवीर महासेठ – धनुषा ४
३) अजय गुप्ता – रौतहट १
४) प्रभु साह – रौतहट ३
५) बलवीर चौधरी – बारा २
६) देवनारायण चौधरी – बारा ४
७) लिलानाथ श्रेष्ठ – सिराहा
८) राजकुमार गुप्ता – पर्सा ३
९) बसरूद्धिन अन्सारी –पर्सा १
बागमती प्रदेश
१) गोकुल बाँस्कोटा – काभ्रे २
२) नवराज सिलवाल – ललितपुर १
३) प्रेम महर्जन – ललितपुर २
४) मणिराम फुयाल – काठमाडौं २
५) कृष्ण राई – काठमाडौं ३
६) डा.राजन भट्टराई – काठमाडौं ४
७) ईश्वर पोखरेल – काठमाडौं ५
८) राजेश शाक्य – काठमाडौं ८
९) रामप्रसाद न्यौपाने – चितवन ३
१०) महेश बस्नेत – भक्तपुर २

गण्डकी प्रदेश
१) एकबहादुर राना – तनहुँ १
२) तिलक महत – नवलपुर २
३) हरिकृष्ण श्रेष्ठ – म्याग्दी

लुम्बिनी प्रदेश
१) छविलाल विश्वकर्मा – रुपन्देही १
२) विष्णु पौडेल – रुपन्देही २
३) खिमलाल भट्टराई – रुपन्देही ५
४) ठाकुर गैरे – पाल्पा २
५) प्रदीप ज्ञवाली – गुल्मी १
६) शंकर पोखरेल – दाङ २
७) टोपबहादुर रायमाझी – अर्घाखाँची
८) सूर्य थापा – प्यूठान

कर्णाली प्रदेश
१) नागिन्द्र शाही – कालीकोट
२) दल रावल – हुम्ला

सुदूरपश्चिम प्रदेश
१) लेखराज भट्ट – कैलाली ४
२) नारदमुनि राना – कैलाली ५
३) डा.भीम रावल – अछाम १
४) यज्ञ बोगटी – अछाम २
५) दामोदर भण्डारी – बैतडी
६) गणेशसिंह ठगुन्ना – दार्चुला
७) पठानसिंह बोहोरा – डडेलधुरा













0 प्रतिकृया