Follow us:


Follow us

११ असोज २०८३, आइतवार
११ असोज २०८३, आइतवार


समाजवादी ट्रेड युनियन गण्डकी प्रदेशको अध्यक्षमा मगराती

एक्सन खबर
भदौ, २६, २०७९


समाजवादी ट्रेड युनियन गण्डकी प्रदेशको अध्यक्षमा मगराती

काठमाडौं, २६ भदौ । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न भएको छ । शनिबार पोखराको चाउथेस्थित होम्स होटलमा सम्पन्न भेलाले भीमबहादुर मगरातीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो ।

भेलाले समितिको उपाध्यक्षमा विराट पौडेल, हिरा मल्ल, श्याम पोखरेल, शिला परियार, मिठु परियार र सचिवमा रामजुलुम शर्मा, सहसचिवमा मनिसा परियार, कोषाध्यक्षमा हनु कुँवर र सह–कोषाध्यक्षमा शर्मिला मगरातीलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा कुमार श्रेष्ठ, कुमार गुरुङ, मानबहादुर परियार, विरोध पौडेल, भुवन भट्टराई, राधिका धौलाकोटी, प्रेम लामा, वीरबहादुर परियार, गोपी परियार, रुपकुमार तामाङ, गोपाल परियार र रेशमबहादुर गुरुङ रहेका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशेष अतिथिहरुमा राजनीतिक समिति सदस्यहरु धनप्रसाद तामाङ, निर्मल जिसी, पार्टीका केन्द्रीय सदस्य तथा ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्साल रहेका थिए भने अतिथिहरुमा पार्टीका केन्द्रीय सदस्यहरु श्याममाया पुन, उमा गुरुङ, महासंघका उपाध्यक्षहरु प्रेम भुजेल, शुरेश मोक्तान, पूर्णबहादुर मोक्तान लगायतका मजदुर नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।














0 प्रतिकृया