काठमाडौं, ३ असोज । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको कुपण्डोलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ललितपुर उपमहानगरपालिका वडा नं. १० सँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ७९२ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।
केएमसीका जनरल मेनेजर नारायण दाहालका अनुसार उक्त स्वास्थ्य शिविरमा १७२ जनाको इसिजी गरिएको, २२१ जनाको ल्याब परीक्षण गरिएको तथा १८९ जनाको भिडियो एक्सरे गरिएको छ । साथै, स्वास्थ्य शिविरमा आएका मध्ये २५ जनाको दाँत खोलिँदा ३३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा बाल रोग, स्त्री रोग, नाक कान घाँटी, आँखा, दन्त रोग, जनरल मेडिसिन लगायतका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
आम सर्वसाधारणलाई केएमसीको स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले बताएका छन् ।
0 प्रतिकृया