Follow us:


Follow us

७ वैशाख २०८१, शुक्रवार
७ वैशाख २०८१, शुक्रवार


एमालेले बुझायाे समानुपातिक नामावली

एक्सन खबर
असोज, ३, २०७९


एमालेले बुझायाे समानुपातिक नामावली

काठमाडाैं, ३ असाेज । नेकपा (एमाले) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचि निर्वाचन आयोगमा दर्ता गराएको छ ।  

नेकपा (एमाले) ले प्रतिनिधि सभाका लागि ११० र प्रदेशसभाका लागि २२० (समानुपातिकतर्फका सबै) उम्मेदवारको बन्दसूचि दर्ता गराएको छ । पार्टीका महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले निर्वाचन आयोगमा बन्दसूचि दर्ता गराएको हो ।

पार्टीको शनिबार र आइतबार दुई दिन बसेको बैठकले सात वटै प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, २२ वटा जनसंगठनहरुले सिफारिस गरेका नामावलीमा गहन छलफल गरी प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना समानुपातिकतर्फका उम्मेदवारहरुको निर्णय गरेको थियाे ।













0 प्रतिकृया