Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


बरुण इन्भेष्टमेन्टको शेयर निष्कासन बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल

एक्सन खबर
असोज, ४, २०७९




बरुण इन्भेष्टमेन्टको शेयर निष्कासन बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल

काठमाडौं, ४ असोज । बरुण इन्भेष्टमेन्ट लि.ले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त कम्पनी र क्यापीटलबीच शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लि.को तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।

वि.सं. २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुरको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ७७ प्रतिशत शेयर रहेको कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

बरुण इन्भेष्टमेन्ट विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ । यस कम्पनीमा एस.जि गु्रप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्टले बझाङ्गमा कलंगा हाईड्रो (१५.३३ मेगावाट), सानीगाड हाईड्रो (३८.४७ मेगावाट) र बुङगल हाईड्रो (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाटमा मुख्य लगानी कर्ताको रुपमा रहेको छ ।

हालै पनि बरुण इन्भेष्टमेन्टले संखुवा खोलामा हाईड्रो प्रवद्र्धन गर्ने तयारीमा रहेको, गुराँस हाईड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिबद्धता जनाएको छ । बरुण इन्भेष्टमेन्ट तथा ग्लोबल आइएमई क्यापिटलले यसै श्रावण भित्रमा आइपिओ ल्याउने गरी तयारी थालेको छ ।

बरुण इन्भेष्टमेन्टले भविष्यमा अरु पनि थप हाईड्रो पावर, होटेल, कृषि लगाएतका क्षेत्रमा लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष शिव प्रसाद घिमिरेले बताए । घिमिरे एस.जि गु्रपका अध्यक्ष समेत हुन । बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि गु्रपको एल.पि.जि ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निर्माण, बैकिङ्ग लगाएत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।
















0 प्रतिकृया