Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


जाउलाखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ६४६ जना लाभान्वित

एक्सन खबर
असोज, १३, २०७९


जाउलाखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट ६४६ जना लाभान्वित

काठमाडौं, १३ असोज । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ललितपुरको जाउलाखेलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । आज ललितपुर उपमहानगरपालिका वडा नं. ३ स्थित लाइफ लाइन हेल्थ होम प्रा.लि.सँगको सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ६४६ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।

उक्त शिविरमा १२३ जनाको इसिजी गरिएको, २२१ जनाको ल्याव परीक्षण गरिएको, १५३ जनाको युएसजी गरिएको कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका २३ जनाको दाँत खोलिएको तथा २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

केएमसीले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविरबाट आम सर्वसाधारण लाभान्वित भइरहेका छन् । स्वास्थ्य शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, स्त्री रोग, बालबालिका तथा जनरल मेडिसिन लगाएत विषयमा दक्ष स्वास्थ्यकर्मीहरुले सेवा दिने केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले बताए ।














0 प्रतिकृया