सुनसरी १ (क) मा कांग्रेसबाट युवा नेता उमेश थापा उम्मेदवार
एक्सन खबर
धरान । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ को (क) मा कांग्रेस युवा नेता उमेश थापाले टिकट पाएका छन् । सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङवोले प्रतिनिधिसभामा टिकट पाउँदा प्रदेश (क) मा कांग्रेसबाट उमेश थापा र (ख) मा नेकपा एकीकृत समाजवादीका रेवतीरमण राईले टिकट पाएका छन् ।
कांग्रेस १ नं. प्रदेश महामन्त्री समेत रहेका थापा कांग्रेसको राजनीतिमा परिचित नाम हो । सुनसरीको धरानमा स्थायी बसोबास भएका थापा सामाजिक संघसंस्थामा रहेर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । थापा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिर नै छाडेर राजनीतिमा लागेका हुन् । योसँगै थापाले १० वर्षसम्म नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभापति भएर कुशलतापूर्वक संस्था चलाएका छन् ।
सुनसरीका युवाहरुमा स्वच्छ र लोकप्रिय छवी बनाएका थापाले सुनसरी क्षेत्र नं. १ को विकास, शुसासन र आर्थिक समृद्धिकै लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । जनताका जनजिविकाका सवाल, स्थानीय विकासका योजनाहरुलाई प्रदेशमा रहेर अघिभूत रुपमा उठाउँदै आफ्नो क्षेत्रको मात्र नभएर प्रदेशकै विकास र प्रवद्र्धनमा काम गर्ने थापाको सोच छ । ‘मेरो उम्मेदवारी समग्र प्रदेशको विकासका लागि र युवाहरुको प्रतिनिधित्वका लागि हो ।’ थापाले एक्सन खबरसँग भने ।
0 प्रतिकृया