Follow us:


Follow us

१६ वैशाख २०८३, बुधवार
१६ वैशाख २०८३, बुधवार


दुहवी ५ का दुई दर्जन बढी कांग्रेसका कार्यकर्ता एमालेमा प्रवेश

एक्सन खबर
कार्तिक, २८, २०७९


दुहवी ५ का दुई दर्जन बढी कांग्रेसका कार्यकर्ता एमालेमा प्रवेश

सुनसरी, २८ कार्तिक । नेपाली कांग्रेसको राजनीतिबाट वाक्क भएर सुनसरी क्षेत्र नं. ३ अन्तरगतको दुहवी वडा नं. ५ का दुई दर्जन व्यक्तिहरु नेकपा (एमाले)मा समाहित भएका छन् । आज सोमबार एक कार्यक्रममा उनीहरुलाई नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार भगबती चौधरी तथा प्रदेश सभा १ का उम्मेदवार रामदेव यादवले स्वागत गरे ।

सो क्रममा बोल्दै नेतृ भगबती चौधरीले ३० वर्ष देखिको एउटै व्यक्तिको शासन रहँदा क्षेत्रको विकास हुन नसकेको बताइन् । सुनसरी क्षेत्र नं. ३ को विकास गर्न, भावी पिढीलाई आफ्नै देश र भूगोलमा बाँच्न सक्ने वातावरण बनाउन राजनीतिक सुद्धिकरण र नेतृत्व परिवर्तन गर्नै पर्ने बताइन् ।

मंसिर ४ गते हुन गइरहेको निर्वाचन पछि यो क्षेत्रमा विकास र समृद्धिको ढोका खोल्न आफु लागि पर्ने बताइन् । ‘तपाईहरुलाई नेकपा एमालेमा स्वागत गर्दछु । यहाँहरुको साथ, समर्थन र सहयोगले मंसिर ४ गते नेपालको राजनीतिमा नयाँ सूर्योदय हुनेछ । त्यो सूर्योदयले विकास र समृद्धिको ढोका खोल्नेछ ।’ सुनसरीलाई विकासको राजधानी बनाउन आफुले प्रष्ट भिजन बनाएको उल्लेख गर्दै चौधरीले भनिन् ।

कार्यक्रममा उक्त वडाका दिवाकर पौडेल, रवि साह, मिरगु साह, चन्द्र शेखर साह, शिव सागर हलुवाई, रामजी रौनियार, ममतादेवी साह, निरु पौडेल साह, मनोज साह, कृष्ण साह, अरुण साह, प्रकाश अर्याल, शिवनाथ चौधरी, मोहम्मद इलियास मिया लगायत दुई दर्जन व्यक्तिहरु एमालेमा समाहित भएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेले लालकिल्ला गाड्ने संकेत देखिएको छ । ३० औं वर्षदेखि एउटै व्यक्ति राजनीतिक शक्तिमा रहे पनि विकास गर्न नसकेको भन्दै जनतामा आक्रोस छ ।  























0 प्रतिकृया