नेपाल र यूएईकाे अन्तिम एक दिवसीय खेल आज
एक्सन खबर
काठमाडाैं, २ मंसिर । नेपालले यूएईसँगको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
बुधवार भएको दोस्रो खेल नेपालले ३ विकेटले जितेसँगै श्रृंखलामा एक/एकको बराबरी भएको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ । घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्नका लागि नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ ।
0 प्रतिकृया