Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


विश्वकप फुटवलः मेसीकाे उत्कृष्ठ प्रदर्शनमा अर्जेन्टिनाकाे जित

एक्सन खबर
मंसिर, ११, २०७९


विश्वकप फुटवलः  मेसीकाे उत्कृष्ठ प्रदर्शनमा अर्जेन्टिनाकाे जित

दोहा । स्ट्राइकर लियोनल मेसी र एन्जो फर्नान्डेजले दोस्रो हाफमा उत्कृष्ठ प्रदर्शन गर्दै गोल गरेपछि अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले पराजित गरेकाे छ । याे जित सँगै अर्जेन्टिनाले विश्वकप २०२२ को नकआउट चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ ।

शनिबार लुसेल रंगशालामा भएको खेलमा मेसीले ६४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । एन्जोले ८७ औं मिनेटमा अग्रता दोब्बर बनाउँदै अर्जेन्टिनाको जित पक्का गरे ।

कतार संस्करणमा पहिलो जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह चरण पार गर्ने सम्भावना बढाएको छ । अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियाविरुद्ध २–१ हार बेहोरेपछि मेक्सकोविरुद्ध जित्नैपर्ने दबाबमा थियो ।

शनिबार नै भएको खेलमा साउदीमाथि २–० को जित निकालेको पोल्यान्ड ४ अंकसहित समूह 'सी'को शीर्षस्थानमा रहेको छ । तीन अंक बटुलेको साउदीले समूह चरणको अन्तिम खेलमा मेक्सिकोविरुद्ध प्रतिस्पर्धा गर्ने छ । पोल्यान्डसँग गोलरहित खेलेको मेक्सिकोलाई अर्जेन्टिनाविरुद्धको हारले अन्तिम १६ मा स्थान बनाउन कठिन हुने भएको छ ।














0 प्रतिकृया