Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


फरवार्ड माइक्रोफाइनान्सलाई वेस्ट म्यानेजमेन्ट अवार्ड

एक्सन खबर
मंसिर, २७, २०७९


फरवार्ड माइक्रोफाइनान्सलाई वेस्ट म्यानेजमेन्ट अवार्ड

काठमाडौं, २७ मंसिर । सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई वेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनीको अवार्ड प्राप्त भएको छ । राजधानीमा आयोजित सातौं न्यूविज विजनेश कन्स्लेभ एण्ड अवार्ड कार्यक्रममा फरवार्डलाई वेस्ट म्यानेज्डको दोश्रो अवार्ड दिइएको हो ।

पहिलो स्थानमा छिमेक लघुवित्त वित्तीय संस्था रहँदा तेश्रो स्थानमा डेप्रोस्क लघुवित्त वित्तीय संस्थाले अवार्ड प्राप्त गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लामो समयदेखि महिला सशक्तिकरणका सवालमा काम गर्दै आइरहेकी भगबती चौधरी संस्थापक अध्यक्ष रहेको संस्था हो । हाल चौधरी मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएसँगै संस्थाको अध्यक्ष पदबाट राजिनामा दिइसकेकी छिन् ।

ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत वित्तीय मध्यस्तताको कार्यक्रम चलाउँदै नेपाल राष्ट्र बैंकको नीति अनुसार माइक्रोफाइनान्समा रुपान्तरण भएको फरवार्ड माइक्रोफाइनान्सले गाउँघरमा रहेका महिलाहरुलाई सहुलियत कर्जा प्रवाह गर्ने गर्दछ ।

देशका ४० भन्दा बढी जिल्लाहरुमा करिब तीन लाख महिला माझ पुगेको फरवार्डको व्यवस्थापन, वित्तीय सूचक सवल रहेकोले उक्त अवार्ड दिइएको हो ।

कार्यक्रममा वेस्ट म्यानेज्ड कम्पनीको अवार्ड शिवम सिमेन्टलाई दिइयो । बेस्ट म्यानेज्ड कमर्सियल बैंकहरुमा पहिलो स्थानमा स्टाण्डर्ड चार्टर्ड बैंक रहँदा सिद्धार्थ बैंक दोश्रो र राष्ट्रिय वाणिज्य बैंक तेश्रो स्थानमा रहे ।

विकास बैंक तर्फ पहिलो साइन रेसुङ्गा बैंक रहँदा मुक्तिनाथ विकास बैंक दोश्रो स्थानमा रह्यो । लुम्बिनी र कामना विकास बैंकले तेश्रो स्थानको अवार्ड प्राप्त गरे । फाइनान्स तर्फ आइसिएफसी फाइनान्स पहिलो, गुह्ेश्वरी मर्चेन्ट दोश्रो र गुडविल फाइनान्स तेश्रो भए ।

लाइफ इन्स्योरेन्स तर्फ नेशनल लाइफ इन्स्योरेन्स पहिलो, नेपाल लाइफ दोश्रो र एलआइसी नेपाल तेश्रो भए । नन लाइफ इन्स्योरेन्स तर्फ शिखर इन्स्योरेन्स प्रथम हुँदा शगरमाथा इन्स्योरेन्स दोश्रो र नेको इन्स्योरेन्स तेश्रो भए । कार्यक्रममा हिमालय शमशेर राणालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइयो ।













0 प्रतिकृया