Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


माेरक्काेलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा

एजेन्सी
मंसिर, २९, २०७९


माेरक्काेलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा

एजेन्सी । साविक विजेता फ्रान्स माेरक्काेलाई पराजित गर्दै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार कतार स्थित अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्सले उपाधि रक्षा गर्ने लक्ष्य लिएकाे हाे ।

साविक विजेता फ्रान्सले यस जितसँगै उपाधि रक्षाका लागि फाइनलमा अर्जेन्टिनासँग भिडन्त पक्का गरेको छ । यसअघि मंगलबारकाे खेलमा क्राेएसियालाई ३–० गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरिसकेकाे छ ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे । खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत एक गोल थपेको थियो ।

दोस्रो हाफमा मोरक्कोले पाएको अवसर पटक पटक सदुपयोग गर्न असफल भयाे । खेलाडी परिवर्तन गर्दै फ्रान्सले अग्रता दोब्बर पारेपछि मोरक्को खेलमा फर्कने सम्भावना पातलिएको थियो । मोरक्कोले अन्त्यसम्म लगातार आक्रमण गरेपनि अवसरको सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट घर फर्कनु पर्याे ।

खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई गोलमा परिणत गरे । गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भली गोल गरे ।

१७ औं मिनेटमा ओलिभिएर जिरुडको प्रहार पोस्टमा लागेर बाहिरिंदा फ्रान्स अग्रता दोब्बर पार्नबाट चुक्दा ३५ औं मिनेटमा जिरुडले नै गोलरक्षक र डिफेन्डर पोजिसनमा नरहँदा बललाई पोस्टको दिशा दिन सकेनन् ।

पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोलाई खेल बराबरी गर्न पोस्टले छेक्यो । एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्केको थियो ।

दोस्रो हाफको ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्यो । रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै किलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र ४ डिफेन्डर बिट गर्दै गरेकोलाई पहिलो टचमै गोल गरे ।

फाइनल खेल आइतबार लियाेनल मेस्सी प्रेरित अर्जेन्टिना र फ्रान्स विच हुनेछ ।













0 प्रतिकृया