फरवार्ड माइक्रोफाइनान्सद्वारा ३० प्रतिशत लाभांश प्रस्ताव
एक्सन खबर
काठमाडौं, ७ पुष । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । फरवार्डको सञ्चालक समितिको पुस ४ गते बिहान बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
हाल कायम चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको संस्थाले जनाएको छ । प्रस्तावित लाभांशमा २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) छन् । फरवार्डको हाल कायम चुक्ता पुँजी ८४४४५०९८७/५० मा आर्थिक वर्ष ०७८/०७९ सम्मको वितरणको लागि उपलब्ध मुनाफा राष्ट्र बैंकबाट स्कीकृति पश्चात वितरण गरिनेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव कृष्ण प्रसाद भट्टराईले जनाएका छन् ।
संस्थाले ५ प्रतिशत नगद लाभांश रु ४,२२,२२५४९/३७, २५ प्रतिशत बोनश सेयर २१,११,१२,७४६/८८ गरी कूल ३० प्रतिशत लाभांश रकम रु २५,३३,३५,२९६/२५ अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।
0 प्रतिकृया