Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


२३ प्रतिशत लाभांश घाेषणा गर्याे मिर्मिरे लघुवित्तले

एक्सन खबर
पौष, ७, २०७९


२३ प्रतिशत लाभांश घाेषणा गर्याे मिर्मिरे लघुवित्तले

काठमाडौं, ७ पुस । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हुँदा आयकर ऐन २०५८ बमोजिम सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको कम्पनीले जनाएको छ।

संस्थाले हाल चुक्तापुँजी ५३ करोड १२ लाख ५ हजार ३८८५२ रुपैयाँको २३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ७७ हजार २३९.३६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
 














0 प्रतिकृया