जेल मुक्त भए विकिनी किलर चार्ल्स शोभराज
एक्सन खबर
काठमाडौं, ७ पुस । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् ।
शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ । सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो । जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।
शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो ।
शाेभराजले नेपाल, भारत, थाइलेण्ड गरि विभिन्न देशहरूमा २० जनाकाे हत्या गरेकाे अनुसन्धानले देखाएकाे छ । उनले पर्यटकहरूलाई लागुऔषध खुवाएर बेहोसीमा लुटपाट गरी हत्या गर्ने गरेकाे भनिन्छ । उनी २० वर्ष भारतीय जेलमा जेल सजाय काटेका व्यक्ति हुन् । उनलाई विकिनी किलरका उपनामले चिनिन्थ्याे ।
0 प्रतिकृया