Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


नेपालमै जर्मन प्रविधिबाट चाइनिज इँटा उत्पादन गरिँदै

एक्सन खबर
पौष, ७, २०७९


नेपालमै जर्मन प्रविधिबाट चाइनिज इँटा उत्पादन गरिँदै

काठमाडौं, ७ पुस । जर्मन प्रविधिबाट अब नेपालमै इँटा उत्पादन सुरु हुने भएको छ । दुई महिनापछि त्यस्ताे प्रविधिमार्फत इँटा उत्पादन सुरु हुने जनाइएको छ । यसको लागि पोखराको पोल्याङमा एक सय रोपनी क्षेत्रफलमा कारखाना निर्माण र करिब ३० करोड लगानीमा उद्योग खुलेको हो ।

पोखरा इको रेड ब्रिक्स प्रालिले यसको लागि तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । नेपाल इको प्यानल समूहका लगानीकर्ताहरूको समूहले उद्योग सञ्चालन थालेको हो । लगानीकर्तामध्येका ईन्जिनियर कृष्णभक्त दुवालले त्यसका लागि आफूहरूले अन्तिम तयारी गरिरहेको जनाए । ‘माघ महिनाबाट हाम्रा इटाहरु बजारमा आउन थाल्ने छन्’ उनले भने ।

















0 प्रतिकृया