Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


लिभरपुलको सहज जित, न्युक्यासल पुरानै लयमा

एक्सन खबर
पौष, १२, २०७९


लिभरपुलको सहज जित, न्युक्यासल पुरानै लयमा

काठमाडौं, १२ पुस । इंग्लिस प्रिमियर लिगअन्तर्गत बक्सिङ डे को खेलमा लिभरपुलले सहज जित निकाल्दा न्युक्यासल पुरानै लयमा फर्किएकाे छ । भिल्लापार्कमा भएको खेलमा एकपक्षिय दबाब बनाएको लिभरपुलले घरेलु टोली एस्टन भिल्लालाई ३–१ अन्तरले हरायो । भने, लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युक्यासल युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

लिभरपुलको जितमा पाँचौ मिनेटमै मोहम्मद सलाहले पहिलो गोल गरे । सलाहकै पासमा भर्जिल भान डाइकले ३७औं मिनेटमा २–० को अग्रता बनाए । ५९औं मिनेटमा ओलिइ वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को अवस्थामा झारेका थिए । तर, स्टेभन बाजसेटिकले ८१औं मिनेटमा गोल गरेपछि एस्टन भिल्ला खेलमा फर्कन सकेन् ।

जितसँगै जोर्गेन क्लोपको लिभरपुल १५ खेलबाट २५ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । भिल्ला १६ खेलबाट १८ अंक सहित १२औं स्थानमा छ ।
 
यता, लेस्टर सिटीलाई ३–० ले पराजित गर्दा न्युक्यासल लिगको दोस्रो स्थानमा उक्लियाे । सोमबार राति पहिलो हाफमा गरेको तीन गोल नै न्युक्यासललाई जितको आधार बन्यो ।

जितपछि न्युक्यासल १६ खेलबाट ३३ अंक जोड्दै शीर्ष दुईमा उक्लिएको हो । दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ अंक सहित तेस्रो स्थानमा झरेको छ । ४० अंकको आर्सनल शीर्षस्थानमा छ । पराजित लेस्टर समान खेलबाट १७ अंक सहित १३औं स्थानमा रह्यो ।

विश्वकप पछि समेत न्युक्यासल पुरानै लयमा फर्किएको हाे । प्रिमियर लिगमा न्युक्यासलको अपराजित यात्रा छैटौ खेलमा पुगेको छ । १० वर्ष अघि एलान वार्डेवको प्रशिक्षणमा न्युक्यासलले पाँचौ स्थानमा लिग टुंगाएको थियो । यस वर्षमात्रै २१ खेल जितेको थियो । सन् १९९५ मा न्युक्सासलले २३ खेल जितेको थियो । सन् १९९५–९६ मा दोस्रो भयो ।

किङ पावर मैदानमा भ्रमणकारी टोली न्युक्यासलले सुरुवातै अग्रता बनाउन सफल भयो । क्रिस वूडले पाएको पेनाल्टी सदुपयोग गर्दै तेस्रो मिनेटमा गोल गरे । सातौंं मिनेटमा म्यागुएल एलमोरोनले दोस्रो गोल थपे । ३२औं मिनेटमा जोइलिन्टोनले तेस्रो गोल गरेका थिए ।

सोमबार रातिका अन्य खेलमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१, उल्भ्सले एभर्टनलाई २–१ र फुलहमले क्रिस्टल प्यालेसलाई ३–० ले हरायो । ब्रेन्टफोर्ड र टोटनहमले २–२ गोलको बराबरी खेलेका थिए ।













0 प्रतिकृया