Follow us:


Follow us

१३ असार २०८३, शनिवार
१३ असार २०८३, शनिवार


अञ्जन विष्ट चम्कँदा चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

एक्सन खबर
पौष, १५, २०७९


अञ्जन विष्ट चम्कँदा चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा, १५ पुस । केहि दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लव छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अञ्जन विष्टको दुई गोलसँगै उक्त क्लव पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।

आहा राराको सर्वाधिक विजेता विभागीय टीम नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज क्वाटरफाइन प्रवेश गरेको हो । पुलिसले हालसम्म ६ पटक गोल्डकपको उपाधी जितेको छ ।

खेलको २५ औं मिनेटमा रवी शंकर पासवानको गोलसँगै अग्रता लिएको पुलिस दोश्रो हाफमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो हाफ १–० ले पछि परेको चर्च ब्वाइज दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै १–१ को बराबरीमा उक्लियो । ७७ औं मिनेटमा चर्च ब्वाइजका लागि अञ्जन विष्टले पहिलो गोल गरेका हुन् ।

थपिएको अतिरिक्त समयमा थप १ गोल गर्दै चर्च ब्वाइज आहा राराको डेब्यु खेलमै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । अतिरिक्त समयको आठौं मिनेटमा पाएको कर्नर किकलाई सदुपयोग गर्दै अञ्जन विष्टले हेड मार्फत गोल गर्दै टीमलाई जित दिलाएका हुन् ।














0 प्रतिकृया