रसफोर्डको निर्णायक गोल, रोकियो सिटी
एक्सन खबर
काठमाडौं, १७ पुस । मार्कुस रसफोर्डको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले पराजित गर्दा म्यानचेष्टर सिटी राेकिएकाे छ ।
शनिबार रातिको जितसँगै १६ खेलमा ३२ अंक जोडेको युनाइटेट चौथौ स्थानमा उक्लिँन सफल भएको छ । पराजित उल्भ्स १७ खेलमा १३ अंकका साथ रेलिगेशन क्षेत्रमा रह्ये ।
उल्भ्सको घरेलु मैदान मोलिनेयुक्स मैदानमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका रसफोर्डले खेलको ७६ औं मिनेटमा गोल गरेका हुन् । ४६ औं मिनेटमा अलेजान्द्रो गार्नाचोको स्थानमा मैदान प्रवेश गरेका रसफोर्डले ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै युनाइटेडलाई तीन अंक जोडेका थिए ।
यता, एक गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिगमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदै सिटी अंक बाड्न बाध्य भएको हो ।
यस बराबरीसँग सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६ औं स्थानमा रह्यो ।
घरेलु इतिहाद मैदानमा सिटीले एर्लिन हाल्यान्डको गोलमा २४औं मिनेटमा अग्रता लिएको थियो । रियाद माहरेजले मिलाएको पासलाई हाल्यान्डले बक्सभित्रबाट गोल गरेका थिए ।
पहिलो हाफमा एक गोल बेहोरेको भ्रमणकारी टोली एभर्टन डेमाराइ ग्रेको गोलमा खेलमा फर्कियो । इड्रिशा गुएको पास सदुपयोग गर्दै ग्रेले एभर्टनको हार टारेका थिए ।
0 प्रतिकृया