Follow us:


Follow us

६ वैशाख २०८१, बिहिवार
६ वैशाख २०८१, बिहिवार


नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जनाकाे मृत्यु

एक्सन खबर
पौष, १८, २०७९


नयाँ वर्ष मनाउने क्रममा भागदौड हुँदा ९ जनाकाे मृत्यु

कम्पाला, १८ पुस । युगान्डाको राजधानीमा आइतवार नयाँ वर्षको अवसरमा उत्सव मनाउनेहरूबीच एक सपिङ मलमा भागदौड मच्चिदा कम्तीमा  नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कम्पालाको फ्रिडम सिटी मलबाहिर आतिशबाजीपछि, भागदौड हुँदा ९ जनाको मृत्यु भएका र अन्य धेरै जना घाइते भएका प्रहरी प्रवक्ता लुक ओवोयेसिगियरले जाकारी दिए ।

घटनालगत्तै आकस्मिक सेवाका कर्मचारी घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पुर्याइएको थियो, जहाँ ९ जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । मृत्यु हुनेमा नयाँ वर्षको अवसरमा हर्षोल्लास मनाउनेहरू रहेका प्रहरीले जनाएको छ । हतार र लापरबाहीले उक्त घटना भएको उनले बताए ।

कोभिड १९ महामारी र सुरक्षा मुद्दाहरूसँग सम्बन्धित प्रतिबन्धहरू पछि सन् २०२३ मा स्वागत गर्ने उत्सवहरू तीन वर्षमा पूर्वी अफ्रिकी देशमा पहिलो थियो ।













0 प्रतिकृया