इङ्लिस प्रिमियर लिग: टोटनहम पराजित, चेल्सी राेकियाे
एक्सन खबर
काठमाडौं, १८ पुस । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइताबार राति सम्पन्न खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित हुँदा चेल्सी पनि बराबरीमा राेकियाे । चेल्सीले टिङ्घम फोरेस्टसँगकाे अग्रता जाेगाउन नसक्दा १–१ गोलको बराबरीमा रोकियाे ।
जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थानमा यथावत छ ।
टोटनहम घरेलु मैदानमा एस्टन भिल्लालाई जित दिलाउन इमी बोन्डिया र डुग्लसा लुइसले समान एक गोल गरे । खेलको ५० औं मिनेटमा इमीको गोल मार्फत एस्टन भिल्लाले अग्रता लिएको थियो । इमीले ओली वाट्किन्सको पासलाई सदुपयोग गरेका थिए । ७३ औं मिनेटमा डुग्लासले गोल गर्दै एस्टन भिल्लालाई २–० को जित दिलाएका थिए ।
यता, आइतबार नै राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो । चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्थानमा छ । १४ अंक जोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ ।
खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो । पोलमा ढोकिएको रिबाउँन्ड बललाई बक्स भित्रबाट स्टर्लिङले वान टचमै जाली चुमाएका थिए । खेलको ६३औं मिनेटमा फोरेस्ट खेलमा फर्कियो । बोलीको पासमा सर्जी औरियरले बराबरी गोल गरेका थिए ।
0 प्रतिकृया