Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


इरानमा दुई किशोरलाई फासी

एक्सन खबर
पौष, १९, २०७९


इरानमा दुई किशोरलाई फासी

तेहरान, १९पुस । इस्लामिक गणतन्त्रलाई महिनौंदेखि हल्लाउने विरोध प्रदर्शनमा संलग्न भएको आरोपमा फाँसीको सजाय सुनाइएपछि दुई इरानी किशोरहरूलाई मृत्युदण्डको सजाय दिइएको एक अधिकार समूहले सोमबार जनाएको छ ।

महसा अमिनीको मृत्युबाट सुरु भएको विरोध प्रदर्शनमा २३ वर्षका दुई जना पुरुषलाई पहिले नै मृत्युदण्ड दिइएको छ तर इरानले विरोध प्रदर्शनलाई शान्त पार्नको लागि धम्की दिने रणनीतिको रूपमा मृत्युदण्डको सजाय प्रयोग गर्ने भएकाले दर्जनौंलाई फाँसी दिइने अभियानकर्ताहरूलाई डर छ ।

ओस्लोस्थित इरान मानवअधिकार (आईएचआर) समूहले माजानदारन प्रान्तको पश्चिमी शहर नौशहरमा ट्राफिक प्रहरी कार्यलयमामा आगजनी गरेको आरोपमा १८ वर्षीय प्रदर्शनकारी मेहदी मोहम्मदफर्डलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

त्यस्तै, न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटका अनुसार अर्का प्रदर्शनकारी मोहम्मद बोरोघानीलाई ‘ईश्वर विरुद्ध दुश्मनी’ को आरोपमा सर्वोच्च अदालतले डिसेम्बरमा मृत्युदण्डको सजाय सुनाएको थियो ।
 













0 प्रतिकृया