Follow us:


Follow us

८ वैशाख २०८१, शनिवार
८ वैशाख २०८१, शनिवार


मेक्सिको सिटीको जेलमा सशस्त्र आक्रमण, १९ जनाको मृत्यु

एजेन्सी
पौष, १९, २०७९


मेक्सिको सिटीको जेलमा सशस्त्र आक्रमण, १९ जनाको मृत्यु

मेक्सिको सिटी, १९ पुस । मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा रहेको जेलमा भएको आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन कैदीहरू भागेका छन् । आक्रमणमा केही घाइते भएका छन् ।

सशस्त्र सवारी साधनमा आएको एक सशस्त्र समूहले कारागार र नगरपालिका प्रहरी चौकीमा लगभग एकैसाथ आक्रमण गरेका रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।

अधिकारीहरूले आइतबार बिहानको आक्रमण नयाँ वर्षको दिन भ्रमणको तयारीमा भएको बताएका छन् । उनीहरुले सुरुमा कम्तिमा १४ जनाको मृत्यु भएको बताएका थिए तर घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या पनि बढेको हो ।

बढ्दो अशान्ति नियन्त्रण गर्न संघीय अधिकारीहरूलाई बोलाइएको थियो ।  उनीहरूले पछि राज्यद्वारा सञ्चालित जेलमा लागूपदार्थ र पैसा फेला पारेका थिए ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 














0 प्रतिकृया