Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


फरवार्डद्वारा सर्लाहीकी गीतादेवीको परिवारलाई कर्जा बीमा सुविधा रकम प्रदान

एक्सन खबर
पौष, १९, २०७९


फरवार्डद्वारा सर्लाहीकी गीतादेवीको परिवारलाई कर्जा बीमा सुविधा रकम प्रदान

सर्लाही, १९ पुस । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कोडेना सर्लाही शाखाले कर्जा मृत्यु बीमा रकम वितरण दिएको छ । सर्लाही चक्रघट्टा गाउँ पालिका ९ खोरियाकी गीतादेवी झाको मृत्यु पश्चात उनको पारिवारलाई कर्जा बीमा सुविधा बापतको रकम प्रदान गरिएको हो ।

फरवार्डको मधेश प्रदेश कार्यालयका अधिकृत राजेन्द्र भण्डारीका अनुसार सामान्य आर्थिक अवस्थाकी गीतादेवीले घरायसी कार्यका लागि २०७८ साल चैत्रमा २ लाख रुपैंया लिएकी थिइन् । उनको गत असोज २२ गते घरमै उच्च रक्तचापका कारण मृत्यु भयो । नियमित किस्ता तिर्दै आइरहेकी उनले १ लाख ४६ हजार ९२४ रुपैंया भुक्तान गर्न बाँकी थियो ।

फरवार्डले सबै ऋणीहरुको कर्जाको समेत बीमा गर्ने भएकाले उनको परीवारलाई कर्जा बिमा र किरिया खर्च सहित २ लाख ४० हजार रुपैंया दिइएको छ । आज मंगलबार फरवार्डका प्रदेश शाखा अधिकृत भण्डारी, केन्द्र प्रमुख संगीता देवी तथा शाखा प्रमुख जयप्रकाश रायले मृतकका श्रीमान इन्दु झालाई रकम हस्तान्तरण गरेको छ ।

फरवार्डले ग्रामिण क्षेत्रमा सामुहिक जमानी मार्फत महिलाहरुलाई उद्यमशील बनाउन लगानी गर्ने गर्दछ । त्यसअघि कर्जाको सही सदुपयोग होस भनेर विभिन्न सीप मुलक तालिम तथा वित्तीय साक्षरता समेत दिने गरेकाले आर्थिक रुपमा विपन्न महिलाहरुलाई आत्मनिर्भर बन्ने आधार बनेको छ ।

सुनसरीको दुहवीमा प्रधान कार्यालय रहेको फरवार्ड देशका ४० जिल्लाहरुमा फैलिएको छ । फरवार्डमा हाल करिब तीन लाख महिला आबद्ध रहेका छन् ।













0 प्रतिकृया